काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री र सीता राना मगर आईसीसी महिला टी-ट्वान्टी वरीयतामा यथावत रहेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिना र सीताको ब्याटिङ वरीयतामा यथावत रहेको हो ।
ब्याटिङ वरीयतामा सीता ६४ औं स्थानमा कायम रहदा रुबिना ८४ औं स्थानमा रहेकी छिन् ।
ब्याटिङतर्फ नेपालकी ज्योति पाण्डे १०० औं स्थानमा कायमै रहेकी छिन् ।
यस्तै बलिङतर्फ नेपालकी कविता कुँवर २ स्थान तल झर्दै ७६ औं स्थानमा रहेकी छिन् ।
बलिङमा सीता ३ स्थान तल झरेर ८३ औं स्थानमा रहदा रुबिना ३ स्थान तल झरेर ८४ औं स्थानमा रहेकी छिन् ।
आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ।