काठमाडौं । नेपालका बलर बसिर अहमदले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्ध सुरुआती-११ मा पर्दै बसिरले डेब्यु गरेका हुन् ।
बसिर एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गर्ने नेपालका ३३ औं खेलाडी बनेका छन् ।
नेपालको सुरुआती-११
आसिफ शेख(विकेट किपर),कुशल भुर्तेल,देव खनाल,दिपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी,बसिर अहमद र सन्दीप लामिछाने(कप्तान)