काठमाडौं । श्रीलंकाका ओपनर पाथुम निसनकालाई कोरोना संक्रमण भएको छ ।
अस्ट्रेलियाविरुद्धको जारी दोस्रो टेस्ट खेलका क्रममा गरिएको परिक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका छन् ।
उनले दोस्रो टेस्टको दोस्रो इनिङ गुमाउने छन् ।
उनको स्थानमा ओसाडा फर्नान्डोलाई टिममा बोलाईएको छ ।
सन् २०२१ मा टेस्ट डेब्यु गरेका निसनकाले हालसम्म ५३१ रन बनाएका छन् ।
सिरिजको पहिलो टेस्टमा उनले पहिलो इनिङमा २३ तथा दोस्रो इनिङमा १४ रन बनाएका थिए ।
दोस्रो टेस्टको पहिलो इनिङमा उनले ६ रन बनाएका थिए ।