काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिजमा नेपालले आज सोमबार आफ्नो पहिलो खेलमा नामिबियासँग खेल्दैछ ।
कामबोसडन क्रिकेट मैदानमा नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।
नामिबियाको यो दोस्रो खेल हो । पहिलो खेलमा नामिबिया आयोजक स्कटल्याण्डसँग पराजित भएको थियो ।
नामिबियाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजिमा हुनेछ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
नामिबियाविरुद्ध बसिर अहमदले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गर्ने सम्भावना रहेको छ । टिममा रहेका एक मात्र बाँया हाते बलर भएकोले र ब्याटिङ क्षमता समेत रहेका कारण बसिर टिममा पर्ने लगभग पक्का जस्तै रहेको छ । डेब्यु गरेमा नेपालका तर्फबाट एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने उनी ३३ औं खेलाडी हुने छन् ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडीलाई नै निरन्तरता दिने सम्भावना रहेको छ । तीन नम्बरमा देव खनालले निरन्तरता पाउने सम्भावना छ ।
चौथो र पाँचौ स्थानमा दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले स्थान बनाउने छन् ।
आरिफ शेख छैटौं स्थानमा रहँदा सातौं नम्बरमा विस्फोटक ब्याटर आदिल आलमको सम्भावना रहेको छ ।
आठौं र नवौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् ।
दशौं र एघारौं नम्बरमा बसिर अहमद र सन्दीप लामिछाने रहने छन् ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख(विकेट किपर),कुशल भुर्तेल,देव खनाल,दिपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी,बसिर अहमद र सन्दीप लामिछाने(कप्तान