काठमाडौं । न्युजिल्याण्डले आयरल्याण्डविरुद्धको एकदिवसीयमा १ विकेटको रोमान्चक जित निकालेको छ ।
आइतबार राति भएको खेलमा न्युजिल्याण्डले घरेलु टोलीमाथि १ विकेटको रोमान्चक जित निकालेको हो ।
आयरल्याण्डले दिएको ३ सय रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर जित हासिल गरेको हो ।
न्युजिल्याण्डको जितमा माइकल ब्रेसवेलले अविजित रहँदै १ सय २७ रनको शतकीय इनिङ खेले । मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय इनिङ खेले ।
ग्लेन फिलिप्सले ३८ तथा ईस सोधीले २५ रन बनाए ।
आयरल्याण्डका कर्टिस क्याम्फरले ३ तथा मार्क अडिरले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन बनाएको थियो ।
उसका ह्यारी टेक्टरले १ सय १३ रनको शतकीय इनिङ खेले । कर्टिस क्याम्फरले ४३ रन बनाए ।
न्युजिल्याण्डका लागि लक्कि फर्गुसन, ब्लेयर टिक्नर र ईस सोधीले समान २/२ विकेट लिए ।
जितसँगै न्युजिल्याण्डले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।