काठमाडौं । बंगलादेशले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयमा जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बंगालदेशले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।
वर्षाका कारण खेल ४१ ओभरमा झारिएको खेलमा घरेलु टोलीले दिएको १ सय ५० रनको लक्ष्य बंगलादेशले ५५ बल बाँकी रहदै पूरा गर्यो ।
बंगलादेशका लागि मोहम्मद महमदउल्लाहले अविजित रहदै ४१ रन बनाए । नजमुल हुसेन सान्तोले ३७ तथा कप्तान तमिम ईकवालले ३३ रन बनाए । नुरुल हुसेन २० रनमा अविजित रहे ।
वेस्ट इन्डिजका गुडाकिसन मोटी,अकिल हुसेन तथा निकोलस पुरनले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४१ ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
उसका सामरन ब्रोक्सले ३३ रन बनाए । एन्डरसन फिलिप्सले २१ र कप्तान निकोलस पुरनले १८ रन बनाए ।
बंगलादेशका लागि शोरिफुल इस्लामले ४,मेहेदी हसनले ३ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए ।
जितसँगै भ्रमणकारी टोलीले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ ।
दुई टोलीबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ ।