काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई १७ रनले हराएको हो ।
अन्तिम खेलमा जित निकालेपनि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज २-१ ले गुमाएको छ ।
इंग्ल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन अत्र जोड्न सक्यो ।
भारतका लागि सुर्यकुमार यादवले १ सय १७ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै श्रेयस एयरले २८ रन जोड्दा कप्तान रोहित शर्मा र विराट कोहलीले ११/११ रन बनाए ।
इंग्ल्यान्डका रिसी टोप्लेले ३ तथा डेविड विलि र क्रिस जोर्डनले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि डेभिड मालनले ७७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै लियाम लिभिङस्टोनले ४२ रन बनाए ।
जासन रोयले २७ रन जोड्दा ह्यारी ब्रुकले १९ तथा कप्तान जोस बट्लरले १८ रन बनाए ।
भारतका हर्सल पटेल र रवी विश्नोईले २/२ विकेट लिए ।