काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसनले जिम्बावे भ्रमणमा नजाने भएका छन् ।
बंगलादेश क्रिकेट बोर्डले शकिब जिम्बावे भ्रमणमा नजाने पुष्टि गरेको छ ।
बंगलादेशले जिम्बावेसँग तीन खेलको टी-ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
जिम्बावे र बंगलादेशबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ ।
शकिबले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज समेत गुमाउने बताईएको छ ।
वेस्ट इन्डिज भ्रमणमा रहेको बंगलादेश र घरेलु टोलीबीचको एकदिवसीय सिरिज आइतबार सुरु हुनेछ ।