काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा अष्ट्रेलियाका स्टिभ स्मिथ र मार्नुस लेबासचेन्नीले शतक बनाएका छन् ।
गालेमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि स्मिथ र मार्नुसले शतकीय इनिङ खेलेका हुन् ।
स्मिथ १ सय ९ रनमा अविजित रहेका छन् । उनको यो टेस्टमा २८ औं शतक हो ।
यस्तै मार्नुस १ सय ४ रनमा आउट भए ।
स्मिथ र मार्नुसको शतकसँगै अष्ट्रेलियाले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर २ सय ९८ रन जोडेको छ ।
अष्ट्रेलियाका एलेक्स केरी १६ रनमा बनाएर क्रिजमा छन् ।
श्रीलंकाका प्रबथ जयसुरियाले ३ विकेट लिएका छन् ।
पहिलो टेस्टमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।