काठमाडौं । इंग्ल्यान्डको सिमित ओभर क्रिकेटका नवनियुक्त कप्तान जोस बट्लरले आफ्नो नेतृत्वमा टोली आक्रामक बन्ने बताएका छन् ।
भारतविरुद्ध सिरिजअघि बोल्दै कप्तान बट्लरले आफ्नो नेतृत्वमा टोली आक्रामक बन्ने दाबी गरेका हुन् ।
घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध समान ३-३ खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने छ ।
'अहिले धेरै परिवर्तन आवश्यक छैन,' बीबीसीसँग उनले भने, 'खेल मोर्गन कप्तान हुँदाको झै हुनेछ । थप हुनेछ त आक्रामक खेल ।'
३१ वर्षीय बट्लर विश्वकप विजेता कप्तान इयान मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि कप्तान नियुक्त भएका हुन् ।
कप्तानमा नियुक्त हुनुपूर्व बट्लर उपकप्तान रहेका थिए ।
बट्लरको कप्तानीको इंग्ल्यान्डले पहिलो पटक भारतविरुद्ध तीन टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्न लागेको हो ।
पहिलो टि-ट्वान्टी आज बिहीबार साउथह्यापटनमा हुनेछ ।