काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
सन्दीपले डम्बुला जायन्ट्सबाट लंका प्रिमियर लिग खेल्ने भएका हुन् ।
एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो ।
लंका प्रिमियर लिग जुलाई ३१ बाट सुरु हुनेछ ।
तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्ने छ ।
प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कुल २४ खेलहरु हुनेछ ।
अघिल्ला दुई संस्करणको उपाधि जाफ्ना किङ्सले जितेको थियो ।