काठमाडौं । न्युजिल्याण्ड क्रिकेट बोर्डले पुरुष तथा महिला क्रिकेटरलाई समान म्याच फिको व्यबस्था गरेको छ ।
क्रिकेट बोर्डले मंगलबार पुरुष र महिलालाई टेस्ट, एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा समान म्याच फि दिने निर्णय गरेको हो ।
बोर्डले अन्तराष्ट्रिय खेलमा मात्र नभई विभिन्न घरेलु प्रतियोगितामा समेत यो नियम लागू गरेको छ ।
आगामी पाँच वर्षसम्म यो निर्णय लागु हुनेछ ।
नयाँ नियम अनुसार खेलाडीले टेस्टमा १० हजार २ सय ५० डलर म्याच फि पाउने छन् ।
एकदिवसीयमा ४ हजार डलर प्राप्त गर्दा टी-ट्वान्टीमा २ हजार ५ सय डलर पाउने छन् ।
यस्तै प्लुकेट शिल्ड प्रतियोगितामा १ हजार ७ सय ५० डलर, फोर्ड ट्रफी तथा हलेब्रुटन जोन्सटोन शिल्डमा ८ सय डलर र सुपर स्म्यासमा ५ सय ७५ डलर म्याच फि पाउने छन् ।