काठमाडौं । दक्षिण अफ्रिकाका सिमित ओभरका कप्तान टेम्बा बाभुमाले इंग्ल्यान्डको भ्रमण गुमाउने भएका छन् ।
३२ वर्षीय बाभुमाले भारत भ्रमणको क्रममा चोट बोकेका थिए । उनी पूर्ण फिट हुन कम्तीमा आठ हप्तासम्म लाग्ने बताईएको छ ।
उनको अनुपस्थितिमा स्पिनर केशव महाराजले एकदिवसीयको नेतृत्व गर्नेछन् । ब्याटर डेभिड मिलरले टी-ट्वान्टी टोलीको कप्तानी सम्हाल्नेछन् ।
दक्षिण अफ्रिकाले १९ जुलाई देखि १२ सेप्टेम्बरसम्म इंग्ल्यान्ड भ्रमण गर्नेछ ।
घरेलु टोलीविरुद्ध दक्षिण अफ्रीकाले समान तीन खेलको एकदिवसीय, टी-ट्वान्टी र तीन खेलको टेस्ट सिरिज खेल्नेछ ।
दक्षिण अफ्रीकाको टेस्ट टोलीको कप्तान डीन इल्गरले गर्दै आएका छन् ।