काठमाडौं । भारतको टेस्ट कप्तान रोहित शर्मालाई कोभिड-१९ को संक्रमण देखिएको छ ।
इंग्ल्यान्डविरुद्धको एक टेस्टका लागि एजब्यास्टनमा रहेका रोहितलाई कोभिड देखिएको हो।
कोभिडको र्यापिड टेस्टको दौरान रोहितलाई संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिएपछि रोहित होटलमा सेल्फ आईसोलेसनमा बसेका छन् ।
ओपनर रोहितले इंग्ल्यान्डविरुद्धको टेस्ट गुमाउने सम्भावना रहेको छ ।
इंग्ल्यान्ड र भारतबीचको टेस्ट शुक्रबार सुरु हुनेछ ।