काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
मलेसियाको युकेएम ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । थाइल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ ।
नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।
तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।
तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।
नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ ।
थाइल्याण्डले अघिल्ला तीन खेलमा लगातार जित निकालेको छ ।
थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।