काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा भुटानले नेपाललाई जितका लागि ६७ रनको लक्ष्य दिएको छ ।
मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो ।
भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाईन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन ।
नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले २/२ विकेट लिए ।
नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।
तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।
नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
भुटान भने पहिलो जितको खोजीमा रहेको छ ।
भुटानले अघिल्ला दुई खेल हारेको थियो । अंक विहीन भुटान पुछारमा रहेको छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।