काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन्।
पहिलो खेलमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
मुम्बईमा हुने हैदरावाद र बैंगलोरबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जितको खोजीमा रहेको छ । यस अघिको भेटमा हैदरावादले बैंगलोरलाई ९ विकेटले हराएको थियो ।
हैदरावाद १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
बैंगलोर १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।
चेन्नई र दिल्लीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
चेन्नई ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
दिल्ली १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।