काठमाडौं । लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
पुनेम्मा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो ।
लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकत्ता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।
कोलकत्ताका आन्द्रे रसेलले ४५ रन जोड्दा सुनिल नारिनेले २२ रन जोडे । आरोन फिन्च १४ रनमा आउट भए ।
लखनउका आभेश खान र जासन होल्डरले ३/३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन जोडेको थियो ।
लखनउका क्विन्टन डी ककले ५० रनको अर्धशतकीय इनिङ खेले । दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कुर्नाल पान्डया २५ रनमा आउट भए ।
कोलकत्ताका आन्द्रे रसेलले २ विकेट लिए ।
जितसँगै लखनउले ११ खेलमा १६ अंक जोडेको छ ।
कोलकत्ता ११ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।