काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले जित निकालेको छ ।
मुम्बईमा शनिबार राजस्थानले पन्जाब किङसलाई ६ विकेटले हराएको हो ।
पन्जाबले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानका याशस्भी जैसवालले ६८ रनको अर्धशतकीय इनिङ खेले ।
देबदुत पडिकलले ३१ तथा शिम्रन हिटमेयरले अविजित ३१ रन बनाए । जोस बट्लरले ३० रन जोड्दा सन्जु सामसनले २३ रन जोडे ।
पन्जाबका अश्रदिप सिंहले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
पन्जाबका लागि जोनी बेयर्स्टोले ५६ रनको अर्धशतकीय इनिङ खेले ।
जितेश शर्माले अविजित ३८ रन जोड्दा भानुका राजपाक्षेले २७ रन जोडे । लियाम लिभिङस्टोनले २२ रन जोडे ।
राजस्थानका युजभेन्द्र चाहलले ३ विकेट लिए ।
जितसँगै राजस्थानले ११ खेलमा १४ अंक जोडेको छ ।
राजस्थान तेस्रो स्थानमा रहेको छ ।
पन्जाब १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।