काठमाडौं । पाहुना टोली जिम्बावे 'ए' विरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा बलिङ गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालले फिल्डिङ जिम्बावेले ब्याटिङ गरिरहेको छ।
आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।
जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा रहेको छ । जिम्बावे दोस्रो खेल जित्दै सिरिज कब्जा गर्न चाहन्छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो।
यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।