काठमाडौं । नेपालले पहिलो एकदिवसीयमा पाहुना टोली जिम्बावे 'ए' लाई जितका लागि १ सय ३७ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए ।
करण केसीले २५ रन जोड्दा कुशल भुर्तेलले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १८ रन आउट भए ।
आरिफ शेख र आसिफ शेख समान ५ रन आउट हुँदा रोहित पौडेल ३ तथा कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।
मोहम्मद आदील आलमले ३ रन जोड्दा सुशन भारी सुन्य रन आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।
जिम्बावेका ब्राड इभान्सले ४ विकेट लिए । भिक्टर, ब्राण्डन माभुता र सेफासले २/२ विकेट लिए ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो।
यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।