काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा शीर्ष स्थानको गुजरात टाइटन्स र पुछारको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
गुजरात आज जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ । गुजरात १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
खराब लयमा रहेको मुम्बई भने ९ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । मुम्बईले मात्र एक खेल जितेको छ ।
तर, आज मुम्बई गुजरातलाई हराउँदै हारको यात्रालाई ब्रेक दिने योजनामा रहेको छ ।
दुई टोलीबीच आईपीएलमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।