काठमाडौं । पाहुना टोली जिम्बावे 'ए' विरुद्धको पहिलो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा जिम्बावेले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्ति दिएको हो ।
आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । जिम्बावे पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो।
यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।
नेपालको सुरुआती-११
कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, मोहमद आदील आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, सुशन भारी, सागर ढकाल