काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पाहुना टोली जिम्बावे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपालले पहिलो एकदिवसीयमा जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे 'ए' बीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, जिम्बावेविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।
जिम्बावे पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ।
यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो।