काठमाडौं । नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय र एकदिवसीय अन्तराष्ट्रिय वरीयता खस्किएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता खस्किएको हो ।
टी-ट्वान्टीतर्फ नेपालको वरीयता एक स्थान खस्किएको छ । नेपाल १३ औं स्थानमा झरेको छ ।
अघिल्लो वरीयतामा नेपाल १२ औं स्थानमा रहेको थियो ।
यस्तै एकदिवसीयमा समेत नेपालको वरीयता एक स्थान खस्किएको छ ।
नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ ।
यस अघि नेपाल १८ औं स्थानमा रहेको थियो ।