काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।
आज हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
बैंगलोर आज छैटौं जितको खोजीमा रहेको छ ।
बैंगलोर १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
यस्तै चेन्नई चौंथो जितको खोजीमा रहेको छ ।
चेन्नई ९ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस अघिको भेटमा चेन्नईले बैंगलोरलाई २३ रनले हराएको थियो ।