काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ।
मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले हराएको हो ।
गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
पन्जाबका लागि शिखर धवनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै भानुका राजपाक्षेले ४० रन बनाए ।
लियाम लिभिङस्टोनले अविजित ३० रन बनाए । जोनी बेयर्सटो १ रनमा आउट भए ।
गुजरातका मोहमद शामी र लक्की फर्गुसनले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।
गुजरातका साई सुदर्शनले अविजित ६५ रन बनाए । रिद्दिमान शाहले २१ रन जोड्दा डेभिड मिलर र राहुल टेवाटियाले समान ११ रन जोडे ।
पन्जाबका कागिसो राबडाले ४ विकेट लिए ।
जितसँगै पन्जाबले १० खेलमा १० अंक जोडेको छ ।
पन्जाब छैटौं स्थानमा उक्लिएको छ ।
गुजरातको यो दोस्रो हार हो ।
गुजरात १० खेलमा ८ जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।