काठमाडौं । निकोलस पुरन वेस्ट इन्डिज क्रिकेट टोलीको सिमित ओभरको कप्तान नियुक्त भएका छन् ।
वेस्ट इन्डिज क्रिकेट बोर्डले पुरनलाई कप्तान नियुक्त गरेको हो ।
कप्तान केइरन पोलार्डले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेपछि पुरनलाई जिम्मेवारी दिएको हो ।
पुरन यस अघि उपकप्तान रहेका थिए ।
यस्तै साई होप उपकप्तान नियुक्त भएका छन् ।