काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ ।
आज हुने खेलमा शीर्ष स्थानको गुजरात टाइटन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीको खेल ७:४५ बजे सुरु हुनेछ ।
गुजरात आज नवौं जितको खोजीमा रहेको छ ।
गुजरात ९ खेलमा ८ जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
गुजरात पन्जाबलाई हराउँदै शीर्ष स्थानको अग्रता यथावत राख्न चाहन्छ ।
यता, पन्जाब जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने योजनामा रहेको छ ।
यस्तै पन्जाब अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
यस अघिको भेटमा गुजरातले पन्जाबलाई ६ विकेटले हराएको थियो ।
पन्जाब ९ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।