काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप छनोटका लागि नेपाली यू-१९ टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।
छनोट आगामी जुन ४ बाट सुरु हुनेछ ।
नेपाली टोली -
किरण कुवँर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी,सावित्रा धामी, अलिशा यादव,रन्जु श्रेष्ठ, अन्जली बिक, हिरन्मायी रोय, अलिशा खडीया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा राना मगर,प्रतिमा शाह, ज्योत्निस्का मरासिनी, मनिषा चौधरी