काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्न युएई जान लागेका रुबिना क्षेत्री र सिता राना मगरलाई बिदाइ गरेको छ ।
क्यानले शनिबार रुबिना र सितालाई बिदाइ गरेको हो । बिदाइमा क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्ल, फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी लगायत क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो ।
रुबिना र सिता शनिबार नै युएई जाने क्यानले जनाएको छ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिनाले द बार्मी आर्मीबाट खेल्ने छिन् ।
क्रिकेट हङकङको आयोजनामा हुने प्रतियोगितामा उपकप्तान सिताले टिम टोर्नाडोजबाट खेल्ने छिन् ।
नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्न लागेको यो पहिलो पटक हो ।
फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टि-२० क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता आगामी मे १ देखि मे १५ सम्म हुनेछ ।