काठमाडौं । अष्ट्रेलिया क्रिकेटले श्रीलंका भ्रमणका लागि टोलीको घोषणा गरेको छ ।
अष्ट्रेलियाले टी-ट्वान्टी, एकदिवसीय र टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा टी-ट्वान्टी र एकदिवसीय टोलीको घोषणा गरेको छ ।
यस्तै प्याट कमिन्सको कप्तानीमा टेस्ट टिमको घोषणा गरेको छ ।
अष्ट्रेलियाले कमिन्सलाई टी-ट्वान्टीमा भने विश्राम दिएको छ । टी-ट्वान्टी टोलीमा उनी छैनन् ।
अष्ट्रेलियाले जुनमा श्रीलंकाको भ्रमण गर्नेछ ।
भ्रमण दौरान अष्ट्रेलिया र श्रीलंकाबीच तीन खेलको टी-ट्वान्टी र पाँच खेलको एकदिवसीय सिरिज हुनेछ ।
यस्तै दुई खेलको टेस्ट सिरिज हुने तालिका रहेको छ ।