काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा शीर्ष स्थानको गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
गुजरात आज आठौं जित निकाल्ने योजनामा रहेको छ ।
प्ले अफको नजिक रहेको गुजरात ८ खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
आईपीएल अन्तर्गत दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
राजस्थान र मुम्बईबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
राजस्थान ८ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
पुछारको मुम्बई जित विहीन रहेको छ ।
मुम्बईले लगातार आठ खेलमा हार ब्यहोरेको छ ।