काठमाडौं । लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।
पुनेमा शुक्रबार राति भएको खेलमा लखनउले पन्जाब किङ्सलाई २० रनले हराएको हो ।
लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।
पन्जाबका लागि जोनी बेयर्सटोले ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए ।
ऋषि धवन २५ रनमा अविजित रहदा लियाम लिभिङस्टोनले १८ रन जोडे ।
लखनउका मोसिन खानले ३ तथा दुश्मन्था चामिरा र कुर्नाल पान्डयले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो ।
लखनउका लागि क्विन्टन डी ककले ४६ रन जोड्दा दिपक होडाले ३४ रन बनाए ।
पन्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट लिए ।
लखनउको यो छैटौं जित हो ।
लखनउले ८ खेलमा १२ अंक जोडेको छ । लखनउ तेस्रो स्थानमा उक्लिएको छ ।
पन्जाबले ९ खेलमा ८ अंक जोडेको छ ।
पन्जाब सातौं स्थानमा रहेको छ ।