काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ ।
शुक्रबार हुने खेलमा पन्जाब किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
पुनेमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
पन्जाब आज पाँचौ जितको खोजीमा रहेको छ ।
पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ ।
पन्जाब सातौं स्थानमा रहेको छ ।
लखनउ भने छैटौं जितको खोजीमा हुनेछ ।
लखनउले ८ खेलमा १० अंक जोडेको छ ।
लखनउ चौंथो स्थानमा रहेको छ ।
आज पन्जाबलाई हराएर लखनउ शीर्ष तीनमा उक्लन चाहन्छ ।