काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र जिम्बावे 'ए' बीच हुने सिरिजको टिकट मूल्य निर्धारण गरेको छ ।
क्यानले बिहीबार सिरिजको टिकट मूल्य तोकेको हो । क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ रहेको जनाएको छ।
नेपालले घरेलु मैदानमा जिम्बावे 'ए' सँग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिज वैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।
५० ओभरको सिरिज वैशाख १७ देखि २१ सम्म चल्ने छ । यस्तै टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।
सिरिज अन्तर्गतको खेलहरु टेलिभिजनमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्नेछ।
यस्तै ओएसआर डिजिटलले डिजिटल प्लाटफर्मको प्रत्यक्ष प्रशारण गर्ने क्यानले जनाएको छ ।