काठमाडौं । अलराउण्डर बेन स्टोक्स इंग्ल्यान्डको टेस्ट क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सलाई टेस्ट टिको कप्तान नियुक्त गरेको हो ।
जोए रुटले कप्तानी छाडेपछि इंग्ल्यान्डले स्टोक्सलाई कप्तानको जिम्मेवारी दिएको हो ।
वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाएपछि रुटको आलोचना भएको थियो । जसको कारण उनले कप्तानी छाडेका हुन्।