काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।
बिहीबार हुने खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
दिल्ली आज चौंथो जितको खोजीमा रहेको छ ।
दिल्लीले ७ खेलमा ६ अंक जोडेको छ ।
दिल्ली सातौं स्थानमा रहेको छ ।
आज कोलकत्तालाई हराएर दिल्ली अंक तालिका सुधार गर्न चाहन्छ ।
यता, कोलकत्ता पनि दिल्लीलाई हराएर शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
कोलकत्ता ८ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस्तै कोलकत्ता दिल्लीविरुद्ध अघिल्लो भेटमा ब्यहोरेको हारको बदला लिन चाहन्छ ।
यस अघिको भेटमा दिल्लीले कोलकत्तालाई ४४ रनले हराएको थियो ।