काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।
बुधबार हुने खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
नवप्रवेशी टोली गुजरात आज सातौं जितको खोजीमा रहेको छ ।
उत्कृष्ट प्रदर्शन गरिरहेको गुजरात ७ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
हैदरावादलाई हराएर गुजरात शीर्ष स्थानमा उक्लन चाहन्छ ।
यस्तै गुजरात पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
यस अघिको भेटमा हैदरावादले गुजरातलाई ८ विकेटले हराएको थियो ।
हैदरावाद भने लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।
हैदरावाद ७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।