काठमाडौं । बंगलादेशका अलराउण्डर मेहदी हसन मिराजले श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेट गुमाउने भएका छन्।
हातको औलाको चोटको कारण मिराजले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
मिराजले दाहिने हातको कान्छी औलामा चोट बोकेको बताईएको छ ।
उनको स्थानमा खेल्ने खेलाडी बंगलादेश क्रिकेट बोर्डले घोषणा गरेको छैन ।
तर,नयिम हसनलाई बोलाउने सम्भावना रहेको बताईएको छ ।
बंगलादेशले आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।
पहिलो टेस्ट मे १५ मा हुनेछ । यस्तै दोस्रो टेस्ट मे २३ मा हुनेछ ।