काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा छैटौं जित निकालेको छ ।
पुनेमा मंगलबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थानले छैटौं जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १ सय १५ रन मात्र बनाउन सक्यो ।
बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए ।
साहबाज अहमेदले १७ तथा रजत पाटिदरले १६ रन बनाए ।
राजस्थानका कुलदिप सेनले ४ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।
राजस्थानका रियान परागले ५६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान सन्जु सामसनले २७ तथा रविचन्द्र आश्विनले १७ रन जोडे ।
बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २/२ विकेट लिए ।
जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।
राजस्थानले ८ खेलमा १२ अंक जोडेको छ ।
बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।