काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ ।
मुम्बईमा सोमबार राति भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले हराएको हो ।
पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रुतुराज गायकवाडले ३० रन जोडे ।
कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए ।
पन्जाबका कागिसो राबडा र ऋषि धवनले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो ।
पन्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले । भानुका राजपाक्षेले ४२ रन जोड्दा लियाम लिभिङस्टोनले १९ रन जोडे ।
चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।
पन्जाबको यो चौंथो जित हो ।
छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ ।
नवौं स्थानको चेन्नईको यो छैटौं हार हो ।
चेन्नईले ८ खेलमा ४ अंक जोडेको छ ।