काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी-ट्वान्टी क्रिकेट लिगको घोषणा गरेको छ ।
क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी-ट्वान्टी लिगको घोषणा गरेको हो ।
यस्तै क्यानले लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको जनाएको छ ।
क्यानले यस अघि नै नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने बताउदै आएको थियो । तर, औपचारिक घोषणा गरेको थिएन ।
क्यानले प्रतियोगिताको मिति भने घोषणा गरेको छैन ।
क्यानले प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरिसकेको छ ।
कैलालीको धनगढीमा भएको क्यानको साधारणसभाले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्टससँग गरिएको आठ वर्षको सम्झौता अनुमोदन गरेको थियो ।
लिगका लागि क्यान र सेभेन थ्री स्पोर्टसबीच वार्षिक ३ करोड ९० लाखको सम्झौता भएको बताईएको थियो ।