काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज सोमबार एक खेल हुँदैछ ।
सोमबार हुने एक मात्र खेलमा पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। मुम्बईमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
पन्जाब आज चौंथो जितको खोजीमा रहेको छ ।
पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
चेन्नई आज तेस्रो जित निकाल्न चाहन्छ ।
चेन्नई ७ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
दुई टोलीबीचको पछिल्लो भेटमा चेन्नई बलियो देखिएको छ ।
चेन्नईले ३ खेल जितेको छ भने पन्जाबले दुई खेल जितेको छ ।
यसै सिजनको पहिलो भेटमा पन्जाबले चेन्नईलाई ५४ रनले हराएको थियो ।