काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार आठौं हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बईले लगातार आठौं हार व्यहोरेको हो ।
लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ रन बनाए ।
तिलक वर्माले ३८ रन जोड्दा केइरन पोलार्डले १९ रन जोडे ।
लखनउका कुर्नाल पान्डयले ३ तथा जासन होल्डर, आयुस बाडोनी, रबि बोस्नाई र मोशिन खानले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।
लखनउका कप्तान केएल राहुलले अविजित रहदै १ सय ३ रनको शतकीय इनिङ खेले ।
मनिस पाण्डेले २२ रन जोड्दा आयुसले १४ रन बनाए ।
मुम्बईका केइरन पोलार्ड र रिले मेरेडिथले २/२ विकेट लिए ।
यससँगै जारी सिजन लखनउले पाँचौ जित निकालेको छ ।
नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अंक जोडेको छ ।
लखनउ चौंथो स्थानमा उक्लिएको छ ।
मुम्बई ८ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
यस सिजन मुम्बई जित विहीन रहने एक्लो टोली हो ।