राजबिराज । मेयर कप अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता राजबिराज नगरपालिकाका क्रिकेट खेलाडीहरु सम्मानित भएका छन् ।
राजबिराज नगरपालिकाले आइतबार बिराटनगर महानगरपालिकाले गत चैतमा आयोजना गरेको प्रतियोगिताको विजेता खेलाडीलाई सम्मान गरेको हो ।
राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवले टोलिका १८ जना खेलाडी तथा अफिसियललाई जनही १५ हजार बराबरको क्रिकेट सामग्री प्रदान गर्दै खेलाडीलाई सम्मानित गरे । खेलाडीलाई क्रिकेट ब्याट, प्याड, ब्याटिङ ग्लोब्स, थाई गार्ड, किट ब्याग लगायतका सामग्री प्रदान गरिएको हो ।
फाईनलमा राजबिराज नगरपालिकाले जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको थियो । उपाधिसंगै राजबिराज नगरपालिकाको टोलिले १ लाख १ हजार समेत प्राप्त गरेका थिए ।
कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, राजबिराज नगरपालिकाका लेखा प्रमुख शत्रुघन दास, लेखापाल जयराम यादव, स्वास्थ्य शाखा प्रमुख निरन्जन यादव, पशुपंक्षि बिकास शाखाका प्रमेश्वर यादव, सुचना अधिकृत सुरेश यादव, अन्तराष्ट्रिय खेलाडिद्धय महवुव आलम तथा बिवेक यादव लगायतको उपस्थित रहेको थियो ।