काठमाडौं । बंगलादेशले श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटका लागि टोलीको घोषणा गरेको गरेको छ ।
बंगलादेश क्रिकेट बोर्डले आइतबार मोमिनुल हकको कप्तानीमा पहिलो टेस्टका लागि टोलीको घोषणा गरेको छ ।
बंगलादेशको टोलीमा शकिब अल हसन फर्किएका छन् । यस अघि दक्षिण अफ्रीकाविरुद्धको सिरिजमा उनी टोलीमा थिएनन् ।
बंगलादेशले आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।
पहिलो टेस्ट मे १५ मा हुनेछ । यस्तै दोस्रो टेस्ट मे २३ मा हुनेछ ।