काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफ खेलहरु कोलकत्ता र अहमदाबादमा हुने भएको छ ।
बीसीसीआईले आईपीएल अन्तर्गत जारी सिजनको प्ले अफ खेलहरु कोलकत्ता र अहमदाबादमा गर्ने निर्णय गरेको हो ।
मे २४ मा हुने पहिलो क्वालिफायर र मे २५ मा हुने इलिमिनेटर इडेन गार्डेन्समा हुनेछ ।
यस्तै मे २७ मा हुने दोस्रो क्वालिफायर र मे २९ मा हुने फाइनल खेल नरेन्द्र मोदी रंगशालामा हुनेछ ।
जारी आईपीएलमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
यस सिजन नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा रहेको छ ।