काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालले १८ औं स्थानमा झरेको छ ।
यस अघि नेपाल १६ औं स्थान रहेको थियो ।
नेपालले हालै पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको थियो ।
टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।
टी-ट्वान्टीमा नेपाल १३ औं स्थानमा रहेको छ ।
एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।
भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ ।