काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसिय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि दुई टिमको घोषणा गरेको छ ।
क्यानले सोमबार सन्दीप लामिछानेको कप्तानीमा दुई टिमको घोषणा गरेको हो ।
नेपालले टियु क्रिकेट मैदानमा मार्च २५ र २६ मा पपुआ न्यू गिनी (पीएनजी) सँग दुई खेलको एकदिवसिय सिरिज खेल्नेछ ।
साथै टियु मैदानमै मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग टी–ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।
एकदिवसियका लागि टोलीः
सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, अनिल साह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलसन झा र भिम सार्की ।
टी–ट्वान्टीका लागि टोलीः
सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।